कुमारी क्यापिटलको साधारणसभा सम्पन्न, ५ प्रतिशत लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2022 | 06:20:20 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज टंगाल स्थित कुमारी बैंक लिमिटेडको केन्द्रिय कार्यालयमा क्यापिटलले सभा सम्पन्न गरेको हो।

उक्त सभामा क्यापिटलको आ. व. २०७८÷७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग सम्बन्धित अनुसुचिहरु पारीत भएको कम्पनीले जनाएको छ। सभाले हाल कायम चुक्ता पुँजि ४० करोडको ५ प्रतिशतले हुन आउने दुई करोड नगद लाभांश (लाभांश करसमेत) वितरण गर्ने प्रस्ताव सर्वसम्ममत पारित गरेको छ ।

अध्यक्ष विकास खनालले कम्पनीले आगामि दिनहरुमा प्रविधिको उच्चतम प्रयोगबाट आफ्नो सेवाहरुको पँहूच विस्तार गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै पुँजि बजारको विकासमा उल्लेखनिय योगदान पु¥याउने विश्वास दिलाएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved