इस्टर्न हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2022 | 08:18:10 AM मा प्रकाशित

laxmi  sunrise bank

इस्टर्न हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज भदौ २८ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ७ गतेदेखि आयोजना प्रभावितलाई आईपिओ बिक्रि खुला गरेको हो। कम्पनीले भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको हो । 

कम्पनीले स्थानीयलाई ६ लाख २० हजार कित्ता साधारणसभा निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

नेपाल धितोपत्र बोर्डले इस्टर्नलाई साउन ९ गते शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । इस्टर्न हाइड्रोपावर कम्पनीले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारणको लागि १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved