नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 10:01:20 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन भएको छ  । फण्डले लाभांश बितरणको लागि आज भदौ २९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो  ।

फण्डको १२ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको हो। समायोजनपछि फण्डको इकाई मूल्य प्रति इकाई १० रुपैयाँ ३० पैसा कायम भएको छ  । समायोजन अघि फण्डको इकाई मूल्य प्रति इकाई ११ रुपैयाँ ५० पैसा थियो  ।

यस योजनाले लाभांश वितरणको लागि आज भदौ २९ गते बुक क्लोज मिति तय गरेकोले भदौ २८ गतेसम्म कायम इकाईधनीले मात्र योजनाले दिने लाभांश पाउँन सक्ने छन् । 

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२% लाभांश बितरण गर्ने घोषणा गरेको छ  । सनराइज बैंकबाट प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८÷०७९ का लागि ईकाइधनीहरुलाई कर सहित १२ प्रतिशतले हुन आउने १० करोड ३२ लाख रुपैयाँ बराबरको लाभांश बितरण गर्ने घोषणा गरेको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved