कार्तिक १६ बाट नयाँ म्युचुअल फण्डको इकाई निष्काशन गर्दै सानिमा क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2022 | 08:13:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटलले कार्तिक १६ गतेबाट सानिमा गर्थ फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु निष्काशन गर्ने भएको छ । क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा ग्रोथ फण्ड नामाक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गर्न लागेको हो । 

यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ करोड ५६ लाख इकाई कोष प्रबर्दक सानिमा बैंकलाई छुट्याईएको छ । त्यस्तै २४ लाख इकाई सानिमा क्यापिटललाई छुट्याईएको छ ।  बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ ।  छिटोमा कार्तिक २० गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा कार्तिक ३० गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवाह्दी ११ वर्ष रहेको छ ।  

सानिमा क्यापिटलले हाल सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्ड संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved