
एनआईसी एसिया क्यापिटल र ट्रयु नर्थ एसोसिएट्स प्रालिबीच सम्झौता भएको छ। सम्झौतामा क्यप्तिअलको तर्फबाट क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र ट्रयु नर्थ एसोसिएट्सको तर्फबाट इन्भेष्टमेन्ट डाईरेक्टर निधान श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार क्यापिटलले ट्रयु नर्थ एसोसिएट्सका ग्राहकहरुलाई फण्ड रेजिङ र इन्भेष्टमेन्ट बैंकिङ सम्बन्धि सेवाहरु प्रदान गर्ने छ ।
यस सम्झौताले ट्रयु नर्थ एसोसिएट्सका ग्राहकहरुको क्षमता अभिवृद्धि हुनुका साथै उनीहरुले सहज रुपमा इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ सम्बन्धि सम्पूर्ण सेवा पाउने विश्वास दुवै संस्थाले व्यक्त गरेका छन्।