सनराइज क्यापिटलको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 05:41:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटलले साधारणसभा आह्वान गरेको छ । क्यापिटलले कार्तिक १८ गते कमलपोखरी स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव हुने छन् ।

क्यापिटलको संचालक समितिको बैठकले आ.व. २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

साधारण प्रस्ताव

१) संचालक समितिको तर्फबाट अध्यक्षज्यू द्वारा प्रस्तुत बाह्रौं आ.व.२०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२) लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात र सोही अवधिको नाफा-नोक्सान हिसाव तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।

३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७९/०८० को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने।

४) संचालक समितिबाट सिफारिस गरे बमोजिम आ.व. २०७८/०७९ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।


विशेष प्रस्तावः

 (१) कम्पनीका हाल कायम संचालक समितिले सिफारिस गरे बमोजिम कम्पनीको नियमावलीको दफा २९ (२)मा संशोधन गरी स्वतन्त्र व्यवसायिक संचालकको कार्यकाल ४ वर्ष कायम गर्ने गरी सशोधन गर्ने।

(२) संचालक समितिबाट सिफारिस गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलीका दफाहरुमा पारित गरिएको संशोधन उपर नियमनकारी निकायहरुले फेरबदल गर्न कुनै सुझाव वा निर्देशन दिएमा सो बमोजिम आवश्यक फेरबदल थप संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved