नेपाल ल्यूब आयलको साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2022 | 01:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल ल्यूब आयलको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले असोज २८ गते शुक्रबार साधारणसभा गरेको हो । 

 साधारण सभाले शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा अध्यक्ष अरुण कुमार चौधरीले भने, “ नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको छ । व्यवस्थापन र अन्य टोली सदस्यहरू यस कम्पनीको विकासको लागि राम्रोसँग प्रतिबद्ध छन्। शेयरधनीहरूले देखाएको विश्वासलाई हामी कहिल्यै निराश गर्नेछैनौं ।   

 नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दछ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सूपर किङ्ग जस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नाम संग रहेको छ । त्यस्तै गल्फ लूब्रिकेन्टस् नेपालको समेत मूख्य रुपमा रुचाईएको प्रतिष्ठित र धेरै बजार क्षेत्र ओगटन सफल ब्राण्डको रुपमा चिनिन्छ । गल्फ ब्राण्डका उत्पादनहरुको विविधताले सवै अटोमोबाईल र मेशिनरीहरुलाई समेटन सक्ने गरि व्यापक क्षेत्रमा फैलन सफल रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved