मुक्तिनाथ कृषि कम्पनीको साधारण सभा सम्पन्न, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 16, 2022 | 04:02:18 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनीको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले असोज २८ गते शुक्रबार आफ्नो चौथो साधारणसभा सम्पन्न गरेको हो ।

साधारण सभाले सामान्य प्रस्ताव अन्तर्गत अध्यक्षको आ. व. २०७८÷०७९ को बार्षिक प्रतिबेदन उपर छलफल तथा पारित ,सोहि आ .व. को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ, भने बिषेश प्रस्तावहरु मार्फत ५५.५५% हकप्रद शेयर निष्कासन, कमपानीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ। साथै कम्पनीको प्रबन्ध पत्र तथा नियमावली उपर संसोधन प्रस्ताव समेत पारित गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीको प्रगति विवरण तथा भावी कार्ययोजनाहरु प्रस्तुत गरेका थिए।  साथै कम्पनीले अब आगामी वर्षहरुमा आफ्ना शेयर धनीहरुलाई प्रतिफल दिनेगरी अगाडी बढिरहेको उनले बताए ।

यो कम्पनी मुक्तिनाथ बिकास बैंक तथा नेपालका विभिन्न व्यवसायिक क्षेत्रमा संलग्न व्यक्तिहरुको लगानीमा स्थापना भएको हो। कम्पनीले समग्र कृषि मूल्य शृंखलामा व्यवस्थापकीय भूमिका निर्वाह गर्ने उद्देश्यका अगाडी बढिराखेको जनाएको छ । कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved