नेपाल रिपब्लिक मिडियाले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 01:18:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कार्तिक २ गते बोर्डमा आवेदन दिएको हो 

कम्पनीले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ। पछिल्लो समय मिडियाहरु पनि शेयर निष्काशन गर्न तयारी गरिरहेका छन् । कान्तिपुर मिडिया र जनता टेलिभिजनले पनि आईपिओ निष्काशन गर्ने तयारी गरिरहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved