यी ४ तरिकाबाट हेर्न सकिन्छ इस्टर्न हाइड्रोपावरको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2022 | 09:35:59 AM मा प्रकाशित

laxmi  sunrise bank

इस्टर्न हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भयेको छ। बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले बिहिबार बिहान  शेयर बाँडफाँड गरेको हो । 

कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिकी खुला गरेको थियो। कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गरेको थियो। जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो। तर कर्मचारीलाई छुट्याईएको मध्ये १८ सय १ कित्ताको लागि आवेदन नपरेपछि सो समेत सर्बसाधारणलाई निष्कासन गर्दा सर्बसाधारणलाई कुल ६ लाख २५ हजार १ सय ९० कित्ता शेयर निष्काशन भएको हो । 

आईपिओमा कुल १३ लाख ५८ हजार २ सय २० जना आवेदकले आवेदन दिएकोमा  १९ सय ९६ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।  क्यापिटलका अनुसार योग्य रहेका १३ लाख ५६ हजार २ सय २४ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ ।  गोलाप्रथामार्फत शेयर बाँडफाँड गर्दा ६२ हजार ५ सय १९ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकि आवेदक हात खाली भएका छन् । 

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र इस्टर्न हाइड्रोको वेबसाइट https://ehpl.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको आईपिओ असोज ९ गते आइतबार बाँडफाँड गरेको थियो । कम्पनीले भदौ ७ गतेदेखि  भदौ २८ गतेसम्म  भोजपुर जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरेको थियो । कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved