पिपुल्स हाइड्रोका आयोजना प्रभावित स्थानीयले पाए मागेजति शेयर, ८ लाख कित्ता बिक्रि भएन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2022 | 09:48:47 AM मा प्रकाशित

laxmi  sunrise bank

पिपुल्स हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बिहिबार शेयर बाँडफाँड गरेको हो 

कम्पनीले लमजुङ जिल्लाका स्थानीयलाई   ३२ लाख कित्ता शेयर निष्काशन गरेको थियो । क्यापिटलका अनुसार आईपिओमा रितपुर्वक आवेदन दिने सबै स्थानीयले माग गरेजति नै शेयर पाएका छन् । क्यापिटलले स्थानीयलाई २३ लाख ९३ हजार ६ सय १० कित्ता शेयर बाँडफाँड गरेको छ 

अब स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्रि नभएको  ८ लाख ६ हजार ३ सय ९० कित्ता शेयर सर्बसाधारणमा बिक्रि हुने छ । कम्पनीले कार्तिक २५ गते देखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले सर्बसाधारणलाई ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर निष्काशन गर्ने छ  । यसमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको ८ लाख ६ हजार ३ सय ९० कित्ता शेयर पनि समावेश छ  

 ५६ लाख ६ हजार ३ सय ९० कित्ता शेयर मध्ये ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १ सय ९० कित्ता कम्पनीका कर्मचारीको लागि सुरक्षित गरिएको छ । त्यस्तै कुल निष्काशनको ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३ सय २० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ । बाँकि रहेको ५१ लाख ५७ हजार ८ सय ८० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । लगानीकर्ताले कार्तिक २९ गतेसम्म आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सर्बसाधारण र आयोजना प्रभावित स्थानीयलाई ८० करोड बराबरको ८० लाख बराबरको शेयर निष्काशनको लागि अनुमति पाएको थियो।   

कम्पनीले लमजुङमा ५४ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  त्यस्तै कम्पनीले लमजुङ मै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved