पर्याप्त आवेदन नपरेपछि सानिमाको म्युचुअल फण्डमा आवेदन दिने समय थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2022 | 08:51:07 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने म्याद थप भएको छ । पर्याप्त आवेदन नपरेपछि आवेदन दिने म्याद थप भएको हो 

यस निष्कासनमा छिटोमा छिटोमा कार्तिक २० गते सम्म आवेदन दिन सकिने क्यापिटलले जनाएको थियो । तर पर्याप्त आवेदन नपरेपछि अब म्याद थप गरि क्यापिटलले कार्तिक ३० गतेसम्म आवेदन दिन सकिने ब्यबस्था गरेको छ । सो समय अगावै पर्याप्त आवेदन परेमा सार्वजनिक सुचना जारी गरेर सो अगावै आवेदन बन्द गर्ने क्यापिटलले जनाएको छ 

क्यापिटलले कार्तिक १६ गतेबाट सानिमा ग्रोथ फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्रि खुला गरेको हो । क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने सानिमा ग्रोथ फण्ड नामाक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । 

यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ करोड ५६ लाख इकाई कोष प्रबर्दक सानिमा बैंकलाई छुट्याईएको छ । त्यस्तै २४ लाख इकाई सानिमा क्यापिटललाई छुट्याईएको छ ।  बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम पुरै कित्ताको १ करोड २० लाख कित्ताको लागि दिन सकिने छ ।   यस म्युचुअल फण्डको अवधि ११ वर्ष रहेको छ ।  

सानिमा क्यापिटलले हाल सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्ड संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved