चिर्खुवा हाइड्रोपावरले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 10, 2022 | 01:37:54 PM मा प्रकाशित

laxmi  sunrise bank

चिर्खुवा हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।  कम्पनीले कार्तिक १७ गते बोर्डमा आवेदन दिएको हो ।  बोर्डले अनुमति दिएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ । 

कम्पनीले भोजपुरमा ४.७ मेगावाट अपर चिर्खुवा जलविद्युत आयोजना र भोजपुर मै ४.०६ मेगावाटको लोअर चिर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved