ज्योति लाइफको साधारण सभा सम्पन्न, मर्जर प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2022 | 09:24:46 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। वाटरफ्रन्ट रिसोर्ट पोखरामा कम्पनीको साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले सूर्या लाइफ इन्स्योरेन्ससँगको मर्जर प्रस्ताव परित्गर्दै मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गरेको छ। ज्योति र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी कम्पनी १ बराबर ०.८२४५ कित्ता शेयर आदनप्रदान गर्दै मर्जरमा जान लागेका हुन् । सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालनक समितिलाई दिने प्रस्ताव पारित गरेको छ।

त्यसैगरी सभाले संचालक समितिले प्रस्तुत गरेको आथिर्क वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । आथिर्क वर्ष २०७७÷७८ को नाफा, नोक्सान, हिसाब, नगद प्रवाह लगायतका प्रस्ताव पारित गरेको छ। बाह्य लेखापरिक्षक नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरिक्षक नै नियुक्तीका लागि योग्य हुने प्रस्ताव पारित गरेको छ।

सभाले मर्जर पश्चात् सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामाकरण गर्ने प्रस्ताव पारित गरेको छ। त्यस्तै, आज बसेको सभाले मर्जर कार्यसँग सम्बन्धीत प्रचलित कानुन, नियम, निर्देशिकाहरु बमोजिम अपनाउनुपर्ने तथा गनुपर्ने सम्पूर्ण कार्यहरु वा प्रकृयामा पुरा गरि अन्तिम स्विकृती लिने सम्पूर्ण कामको अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पारित गरेको छ।

मर्जर पछि बन्ने कम्पनीको सञ्चालक समितिको अध्यक्ष केशब प्रसाद भट्टराई हुनेछन् । प्रमुख कार्यकारी अधिकृत भने ज्योति लाइफका प्रकाश बिक्रम खत्री हुने सहमति भइसकेको छ भने सूर्याका सिइओ पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुने कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved