सानिमा ग्रोथ फण्डको इकाई बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 09:31:19 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाई बाँडफाँड भएको छ । क्यापिटलले कार्तिक १६ गतेबाट सानिमा ग्रोथ फण्ड नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गरेकोमा मङ्सिर ११ गते आईतबार इकाई बाँडफाँड गरेको जनाएको छ 

क्यापिटलले माग बमोजिम नै हुने गरि इकाई बाँडफाँड गरिएको र बाँडफाँडको नतिजा क्यापिटलको वेबसाइटमा तथा मेरोशेयर मार्फत हेर्न सकिने उल्लेख गरेको छ  । 

 यस योजनाको आकार १ अर्ब २० करोड रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १२ करोड इकाई निष्काशन गरेको हो ।  जस मध्ये १ करोड ५६ लाख इकाई कोष प्रबर्दक सानिमा बैंकलाई छुट्याईएको थियो । त्यस्तै २४ लाख इकाई सानिमा क्यापिटललाई छुट्याईएको थियो ।  बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यबस्था थियो। 

 सानिमा क्यापिटलले हाल सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्ड संचालन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved