बाराही हाइड्रोले मङ्सिर २१ गतेदेखि सर्बसाधारणलाई आइपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 09:25:14 AM मा प्रकाशित

laxmi  sunrise bank

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मङ्सिर २१ गतेदेखि सर्बसाधारणलाई आइपिओ निष्काशन गर्ने भएको छ । स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको १ लाख ४ हजार कित्ता, र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन हुन लागेको हो ।

जसमध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको छ भने ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । आईपिओमा मङ्सिर २६ गतेसम्म आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५  गतेसम्म  आईपिओ निष्काशन गरेको थियो। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड हुने छ ।

यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रि गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved