स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई सुपर मादीको आईपिओ मङ्सिर २० देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 09:44:34 AM मा प्रकाशित

laxmi  sunrise bank

सुपर मादी हाइड्रोपावर लिमिटेडले मङ्सिर २० गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई मङ्सिर २० गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो 

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र मादी गाउँपालिकाको वडा नम्बर १ र २ का स्थानीयलाई ३ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्ने छ । त्यस्तै मादी गाउँपालिकाको अन्य वडा (वडा नम्बर ३ देखि १२) का स्थानीय र पोखरा महानगरपालिकाका वडा नम्बर २६,२७, र २८ का स्थानीयलाई ७ लाख ३५ हजार कित्ता शेयर निष्काशन गर्ने छ । त्यस्तै २ लाख १० हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन हुने छ 

स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा पुस ५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस २० गतेसम्म आवेदन दिन सकिने छ श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा पुस ५ गतेसम्म मात्र आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved