स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई एशियन हाइड्रोको आईपिओ मङ्सिर २७ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2022 | 09:52:21 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन हाइड्रोपावर लिमिटेडले मङ्सिर २७ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई मङ्सिर २७ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो 

कम्पनीले आयोजना अति प्रभावित क्षेत्र इलामको इलम नगरपालिका वडा नम्बर १०, माई जोगमाई गाउपालिका वडा नम्बर ३ र ४ , तथा सुर्योदय नगरपालिका वडा नम्बर ११ का स्थानीयलाई १ लाख ३६ हजार कित्ता शेयर निष्काशन गर्ने छ । त्यस्तै उल्लेखित स्थान बाहेकका इलाम जिल्लाका अन्य स्थानियका लागि २ लाख ४ हजार कित्ता शेयर निष्काशन हुने छ ।  त्यस्तै ८४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन हुने छ 

स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा पुस १२  गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस २७ गतेसम्म आवेदन दिन सकिने छ श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा पुस १२ गतेसम्म मात्र आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved