बिरगञ्जको क्लार्क रिसोर्टले आईपिओ निष्काशन गर्ने, एनआईबिएल एस क्यापिटलसँग सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2022 | 11:43:52 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटल लिमिटेड र हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिजोर्ट, बिरगञ्ज) बिच साधरण शेयर निष्काशन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । क्यापिटल र रिसोर्टबिच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आइपिवो  सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतामा क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना तथा रिसोर्टका  तर्फबाट निर्देशक सुनिल कुमार खेतानले हस्ताक्षर गरेका छन् । सम्झौता अन्तगर्त एनआइबिएल एस क्यापिटल लिमिटेडले हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज)लाई सर्वसाधारण सेयर निष्काशन पूर्व, निष्काशनको अवधीमा र निष्काशन पश्चात तीन चरणमा सेवा प्रदन गर्नेछ । पहिलो चरणमा कम्पनिले गर्नु पर्ने पुर्व तयारी सम्बन्धी सम्पूर्ण कार्यहरुमा मध्यस्त तथा परामर्श सेवा प्रदान गर्नेछ भने सर्वसाधारणमा सेयर निष्काशन गर्ने शिलशिलामा निष्काशन तथा बिक्री प्रबन्धन सम्बन्धी सम्पूर्ण आवश्यक सेवाहरु समेत प्रदान गर्नेछ र सेयर निष्काशन पश्चात, एनआइबिएल एस क्यापिटल लिमिटेडले हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेडको (क्लार्क रिसोर्ट, बिरगञ्ज)  शेयर रजिष्ट्रारको रुपमा सेवा प्रदान गर्ने जानकारी गराएको छ ।  

यस होटलको स्थापना वीरगञ्जका उद्यमी तथा कम्पनीका निर्देशक सुनिल कुमार खेतानले गरेका हुन् । यस होटलको संरचना १२२,४३०.४८ वर्ग फिटमा फैलिएको छ । सन् २०७३ देखि यस होटलको निमार्ण कार्य सुरु भएको थियो भने अहिले उक्त होटलको निमार्ण कार्य भईसकेको छ । हिमाल वाटरपार्क एण्ड भिलेज होटल प्राइभेट लिमिटेड (क्लार्क रिसोर्ट, बिरगञ्ज)  भारतको एक प्रसिद्घ होटल ब्रान्ड क्लार्क रिसोर्टको पहिलो अन्तराष्ट्रिय होटल चेन हो । क्लार्क रिसोर्टले भारतको जयपुर लखनऊ र आग्रामामा पनि विभिन्न होटलहरु संचालन गरिसकेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved