१२ लाख ५५ हजार बढीले भरे बाराही हाइड्रोको आईपिओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 06:21:07 PM मा प्रकाशित

laxmi  sunrise bank

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा १२ लाख बढी आवेदकले आवेदन दिएका छन् । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपिओमा आवेदन दिने अन्तिम दिन आज सोमबार साँझ ५ बजेसम्ममा १२ लाख ५५ हजार ६ सय ३३ जना आवेदकले आवेदन दिएका हुन् । क्यापिटलका अनुसार ति आवेदकबाट १ करोड ४३ लाख २२ हजार १ सय ७० कित्ताको लागि आवेदन परेको छ । 

कम्पनीले मङ्सिर २१ गतेदेखि आज मङ्सिर २६ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको १ लाख ४ हजार कित्ता, र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको थियो भने ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। 

कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५  गतेसम्म  आईपिओ निष्काशन गरेको थियो। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड हुने छ ।

यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रि गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved