विदेशमा रहेका नेपाली श्रमिकलाई शुभम पावरको आईपिओ पुस ६ देखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2022 | 11:18:54 AM मा प्रकाशित

laxmi  sunrise bank

शुभम पावर लिमिटेडले पुस ६ गतेदेखि श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले विदेशमा रहेका नेपाली श्रमिकलाई ५८ हजार ५८ कित्ता शेयर निष्काशन गर्न लागेको हो । 

यस निष्काशनमा नेपालका बैंक त्तहा वित्तीय संस्थामा रेमिटेन्स बचत खाता भएका नेपालीले मात्र आवेदन दिन सक्ने छन्  । आवेदन दिनको लागि योग्य हुन् श्रम स्वीकृति लिई विदेशमा कार्यरत रहेको नेपाली श्रमिक हुनु पर्ने छ

श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा पुस २० गतेसम्म मात्र आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ४ वर्ष अगाडी नै आईपिओ निष्काशन गरिसकेको छ। श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ 

कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved