माछापुच्छ्रे बैंकले लाभांश वितरण नगर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2022 | 01:13:12 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले पनि लाभांश वितरण नगर्ने भएको छ । बैंकको आज शुक्रबार  बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को वित्तीय विवरण पारित गर्दै लाभांश बितरण नगर्ने प्रस्ताव गरेको हो । 

बैंकले आर्थिक बर्ष २०७८ / ७९ को अन्त्यमा कायम रहेको वितरणयोग्य मुनाफा सन्चित गर्ने र लाभांश प्रदान नगर्ने प्रस्ताव सहित आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण पारित गरेको हो । उक्त वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश गरि कुनै संशोधन, सुझाव तथा निर्देशन प्राप्त भएमा सो समेत समावेश गरि आगामि वार्षिक साधारण सभामा स्वीकृतिका लागि पेश गर्ने निर्णय बैंकले गरेको हो। नेपाल राष्ट्र बैंकले बैंकको वित्तीय विवरण स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ । 

यस अघि लक्ष्मी बैंक र सनराइज बैंकले पनि लाभांश बितरण नगर्ने निर्णय गरेका थिए  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved