प्रकाशन भएपछि यी ४ तरिकाबाट हेर्न सकिन्छ बाराही हाइड्रोपावरको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2022 | 10:32:00 AM मा प्रकाशित

laxmi  sunrise bank

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले निष्काशन गरेको आइपिओ बाँडफाँड भएको छ।  बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले आइतबार बिहान शेयर बाँडफाँड गरेको हो । आईपिओको प्रि अलोटमेन्ट गत शुक्रबार सम्पन्न भएको थियो ।

कम्पनीको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि विभिन्न  ४ तरिकाबाट आईपिओको नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलको वेबसाइट https://www.niblcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र बाराही हाइड्रोको वेबसाइट https://barahihydropower.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

कम्पनीको आईपिओमा १२ लाख ५८ हजार ४ सय २१ जनाले १ करोड ४३ लाख ५१ हजार ८ सय ३० कित्ताको लागि आवेदन दिएका थिए। जस मध्ये ६५ हजार ९ सय २७ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका ११ लाख ९२ हजार ४ सय ९४ जनालाई गोलाप्रथामा समावेश गराएर आईपिओ बाँडफाँड गरिएको छ ।  माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपिओ बाँडफाँड गरिएको हो । जस अनुसार ५१ हजार ५ सय २२ जना आवेदकले मात्र कम्पनीको शेयर पाएका छन् । उनीहरुले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले मङ्सिर २१ गतेदेखि आज मङ्सिर २६ गतेसम्म सर्बसाधारणलाई आईपिओ निष्काशन गरेको हो ।  कम्पनीले स्थानीयलाई आईपिओ निष्काशन गर्दा बिक्रि नभएको १ लाख ४ हजार कित्ता, र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरि कुल ५ लाख ५४ हजार कित्ता सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषको लागे छुट्याईएको थियो भने ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । बाँकि रहेको ५ लाख १५ हजार २ सय २० कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका हुन्। 

कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीयलाई कार्तिक ४ गतेदेखि कार्तिक २५  गतेसम्म  आईपिओ निष्काशन गरेको थियो। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५ करोड हुने छ ।

यस कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । आयोजनाले २०७५ असार २४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्रि गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved