एनआईसी एशिया बैंकले यस वर्ष पनि लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 10:14:51 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले यस वर्ष पनि लाभांश नदिने भएको छ । बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आ.व २०७८ / ७९ को मुनाफाबाट बैंकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले बैंकको २०७९ आषाढ मसान्तको वासलात, आ.व २०७८ / ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी सो लाई स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले सो को अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

राष्ट्र बैंकले वित्तीय विवरणहरु स्वीकृत गरेपछि बैंकलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ । बैंकले गत वर्ष पनि लाभांश दिएको थिएँन ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved