प्राइम कमर्शियल बैंकको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 09:49:12 AM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम कमर्शियल बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते कार्की ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छ 

बैंकले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई  हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ४.९५ प्रतिशत नगद लाभांश गरि कुल ८.९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव:

 सामान्य प्रस्तावहरू :

१. आर्थिक बर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, मिति २०७८/०४/०१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह लगायतका विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने ।

३. बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०७९/८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समितिले सिफारिस गरे बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक अनुमोदन गर्ने ।

४. बैंकमा स्वतन्त्र सञ्चालकको नियुक्ति भएको सम्बन्धमा जानकारी ।

५. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम रु ९२,३४,८७,९७९/- (बैंकको चुक्ता पूँजीको ४.९५% चार दशमलव नौ पाँच प्रतिशतका दरले) नगद लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

६. बैंकको नियमावली अनुसार समूह "क" संस्थापक शेयरधनीहरुकोतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक पद ३ (तीन) र समूह "ख" सर्वसाधारण शेयरधनीहरुकोतर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने सञ्चालक २ (दुई) समेत सञ्चालक पद ५ (पाँच) को निर्वाचन, मनोनयन वा नियुक्त गर्ने । 
 
 बिशेष प्रस्तावहरू :

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ४% (चार प्रतिशत) का दरले हुन आउने ( रू ७४,६२,५२,९१२/- ) बोनस शेयर जारी गर्ने र सोही बमोजिम बैंकको प्रवन्ध-पत्र तथा नियमावलीमा संशोधन गर्ने ।

२. निम्न बमोजिम बैंकको प्रवन्धपत्रमा संशोधन / थप गर्ने

क) बैंकले बोनस शेयर जारी गरे पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएको हुनाले प्रवन्ध पत्र को दफा ६ (ख) र ६ ( ग ) मा संशोधन गर्ने ।


३. यस बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने/गाभिने ), प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्वन गरी एक आपसमा मर्ज (गाभ्ने/गाभिने ), प्राप्ति (एक्विजिशन) गर्नकालागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदानगर्ने ।

४. प्रबन्ध पत्र र नियमावलीमा भएको संशोधनमा नियमनकारी निकायहरु (कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड आदि) ले कुनै फेरवदल / संशोधन / परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोही अनुरुप आवश्यक समायोजन गर्न बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved