हिमालयनमा गाभिन लागेको सिभिल बैंकको साधारणसभा आह्वान, यी हुन् ९ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 11:20:47 AM मा प्रकाशित

laxmi  sunrise bank

सिभिल बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते कालिकास्थान स्थित  अमृतभोगमा सभा आह्वान गरेको हो । सभामा लाभांश, मर्जर सहित विविध प्रस्ताव पेश हुने छ 

बैंकले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई  हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  

बैंकले साधारणसभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १८ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव:

 साधारण प्रस्तावहरूः
१. अध्यक्षज्यूको प्रतिवेदन सहित संचालक समितिको वार्षिक प्रतिवेदन २०७८ / ०७९ पारित गर्ने ।

२. आर्थिक वर्ष २०७८/०७२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमा छलफल गरी पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (कम्पनी ऐन, २०६३ दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक NBSM & Company पुन: नियुक्त हुन योग्य नभएको )

४. संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७८ / ०७९ को मुनाफाबाट कर प्रयोजनको लागि प्रतिशेयर ०.२६% का दरले हुन आउने रु. २,३८,८३,७९९।७१ (अक्षरेपी दुई करोड अड्तीस लाख त्रीयासी हजार सात सय उनान्सय रुपैया एकहत्तर पैसा मात्र) लाभांश वितरण गर्न स्वीकृत गर्ने ।

विशेष प्रस्ताव

१. संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजी रु.९,०७,५८,४३,८९० 1३१ (नौ अर्व सात करोड अन्ठाउन्न लाख त्रीचालीस हजार आठ सय नब्बे रुपैया एकतीस पैसा ) को ५% का दरले हुन आउने रु. ४५,३७,९२,१९४१५२ (अक्षरेपी पैतालीस करोड सैतीस लाख बयानब्बे हजार एक सय चौरानब्बे रुपैया वाउन्न पैसा मात्र) बराबरको बोनश शेयर वितरण गर्न स्वीकृत गर्ने ।

२. विशेष प्रस्ताव १ बमोजिम बोनस शेयर जारी गरे पश्चात बैंकको पूँजी बृद्धि हुने भएकोले सोही बमोजिम बैंकको प्रबन्धपत्र / नियमावली संशोधनको प्रस्तावलाई स्वीकृति प्रदान गर्ने ।

३. सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन) गर्ने प्रयोजनको लागि मूल्याङ्कनकर्ता CSC & CO. बाट प्राप्त सम्पत्ति दायित्व तथा कारेबारको मूल्याङ्कन प्रतिवेदन ( Due Diligence Audit Report) तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा सयुक्त प्राप्ती समितिको सिफारीसमा यस बैंकको सञ्चालक समितिले स्वीकृत गरे बमोजिम यस सिभिल बैंक लिमिटेडको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१०० : ८०.२८) कायम गरी प्राप्ती (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने ।

४. सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन) गर्ने सम्बन्धमा भएको सम्पत्ती तथा दायित्वको मूल्याङ्कनकर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (Due Diligence of Audit Report), समझदारीपत्र (Memorandum of Understanding ), तथा अन्तिम सम्झौता पत्र ( Final Scheme of Arrangement) लगायतका सम्पूर्ण काम कारबाहीहरुलाई अनुमोदन गर्ने ।

५. सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन) गर्ने प्रक्रियामा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति लिने / अभिलेख गर्ने क्रममा भए गरेका काम कारबाही वा पूँजी संरचना वा प्रबन्धपत्र नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई पूर्ण अख्तीयारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved