आईसीएफसी फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् ६ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 12:51:48 PM मा प्रकाशित

laxmi  sunrise bank

 आईसीएफसी फाइनान्सले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले  पुस २९ गते कालिकास्थान स्थित  अमृतभोगमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छ 

कम्पनीले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई  हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  

कम्पनीले  साधारणसभा प्रयोजनको लागि पुस १९ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १८ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

 सामान्य प्रस्तावहरु
१. आर्थिक वर्ष २०७८ / ७९ को संचालक समितिको बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७८ / ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने ।

३. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुने नगद लाभांश रु.५,६३,५५,७६०/- (अक्षेरुपी पाँच करोड त्रिसठ्ठी लाख पचपन्न हजार सात सय साठी मात्र) (बोनश शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत) वितरण गर्न स्वीकृत गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७९ / ८० को लागि बाह्य लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ (२) को प्रतिबन्धात्मक वाक्यांश अनुसार बर्तमान लेखापरीक्षक श्री एस.ए.आर एण्ड एसोसिएट्स पुनः नियूक्ति हुन सक्नुहुने छैन ।)

 विशेष प्रस्ताव

१. संचालक समितिबाट प्रस्ताव गरे बमोजिम कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुने रु.५,६३,५५,७६०/- (अक्षेरुपी पाँच करोड त्रिसठ्ठी लाख पचपन्न हजार सात सय साठी मात्र) बराबरको बोनश शेयर वितरण गर्न स्वीकृत गर्ने । बोनश शेयर जारी गरेका कारण हुने चुक्ता पुँजी बृद्धिलाई समावेश गरी प्रबन्धपत्र संशोधनलाई स्वीकृत गर्ने ।

२. कम्पनीको प्रबन्धपत्रको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरवदल सुझाव भएमा सो अनुसार आवश्यक फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved