एकर्ड फर्मास्युटिकल्सले माग्यो आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2022 | 04:00:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एकर्ड फर्मास्युटिकल्स लिमिटेडले आईपिओ निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र  बोर्डमा आवेदन दिएको छ । कम्पनीले पुस ४ गते बोर्डमा आवेदन दिएको हो।

कम्पनीले  प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको ७ लाख ६ हजार ९ सय ९  कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि अनुमति माग गरेको हो।   कम्पनीले आईपिओ निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  । 

यस फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाण्डौं जिल्लाको तीनकुने सुविधानगरमा रहेको छ भने ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित लुभूमा ओषधी उत्पादन गर्ने कारखाना रहेको छ । नेपालका औषधी तथा औषधीजन्य सामाग््रीहरुको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य बिभिन्न क्षेत्रका बिज्ञहरुद्वारा प्रवद्र्धित यो फर्मास्युटिकल्स कम्पनी विधिवत रुपमा शुरुमा वि.सं.२०७० सालमा प्रा.लि.का रुपमा स्थापना भई पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved