विदेशमा रहेका नेपाली श्रमिकले माया खोलाको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 08:32:03 AM मा प्रकाशित

laxmi  sunrise bank

माया खोला हाइड्रोपावर लिमिटेडले विदेशमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज पुस ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर २३ गतेदेखि संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ बिक्रि खुला गरेको थियो

जस मध्ये श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा पुस ८ गतेसम्म मात्र आवेदन दिन सकिने छ।  विदेशमा रहेका नेपालीले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले संखुवासभामा १४.९ मायाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved