माछापुच्छ्रे बैंकको साधारणसभा आह्वान, मर्जर तथा प्राप्तिको अख्तियारी दिने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 08:48:28 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले  पुस २९ गते आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो । 

कम्पनीले  साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन  सक्ने छन् । बैंकले लाभांश प्रस्ताव गरेको छैन  । 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्ताव
१. आर्थिक वर्ष २०७८ / ७९ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको
आर्थिक वर्ष २०७८ / ७९ को नाफा नोक्सान हिसाब, नाफा नोक्सान बोडफोड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी माछापुच्छ्रे क्यापिटल लिमिटेडको आ.व. २०७८ / ७९ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण (Consolidated Financial Statement) छलफल गरी पारित गर्ने ।

४. आर्थिक वर्ष २०७९ / ८० को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने । (हाल बहालवाला लेखापरीक्षक एस.ए.आर. एशोसिएट्स, कम्पनी ऐन, २०६३ को दफा १११ (३) तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३(३) बमोजिम पुनः नियुक्ती हुन योग्य हुनुहुन्छ)

५. संचालक समितिमा रिक्त रहेको संचालक पदमा संचालक समितिले साविक संचालकको बाकी कार्यकाल सम्मको लागि गरेको संचालकको नियुक्ती अनुमोदन गर्ने ।

६. संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकहरुको निर्वाचन गर्ने ।

विशेष प्रस्ताव :

१. माछापुच्छ्रे बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाभ्न / गाभिन (मर्जर गर्न वा प्राप्ती (एक्विजसन) गर्न) तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्याङ्गनको लागि मूल्याङ्गनकतां नियुक्ती गर्न, गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जाने सम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved