प्रिमियर इन्स्योरेन्सको साधारणसभा आह्वान, मर्जरपछि 'सिद्धार्थ प्रिमियर इन्स्योरेन्स' बन्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 09:01:24 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रिमियर इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते नक्सालको लिसारा रिसेप्सनमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश तथा मर्जर प्रस्ताव पारित गर्ने सहितका प्रस्तावहरु पेश हुने छन् ।  कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट १४.२५  प्रतिशत बोनस शेयर तथा ०.७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । साधारणसभामा सिद्धार्थ इन्स्योरेन्सलाई गाभ्ने प्रस्ताव पनि पेश हुने छ ।

कम्पनीको सभामा वार्षिक प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण तथा अनुसूचीहरु पारित गर्ने, लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै सिद्धार्थ इन्स्योरेन्सलाई प्रिमियर इन्स्योरेन्समा गाभ्ने प्रस्ताव पेश हुने छ  । स्वाप रेसियो भने १:१ नै कायम गरिएको छ  । नयाँ बन्ने कम्पनीको नाम सिद्धार्थ प्रिमियर इन्स्योरेन्स हुने छ  । सभामा मर्जरका सम्बन्धमा हालसम्म गरिएका काम कारवाही अनुमोदन गर्ने, बाँकि कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन्  

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २२ गतेदेखि साधारणसभा नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस २१ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन  सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved