नेपाल क्लियरिङ्ग हाउसले ४० प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 09:11:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २८ गते होटेल क्राउन इम्पेरीयलमा साधारणसभा आह्वान गरेको हो। 

साधारणसभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छ। कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट ३८ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीको लगानीकर्ताको रुपमा राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्था छन् । यस कम्पनीमा नेपाल राष्ट्र बैंकको १०% र बैंक तथा वित्तीय संस्थाहरुको ९०% स्वामित्व रहेको छ ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव ;

साधारण प्रस्ताव:

१. सञ्चालक समितिको आ.व. २०७८ / ७९ को प्रतिवेदन पारित गर्ने ।

२. लेखा परीक्षण प्रतिवेदन सहितको २०७९ आषाढ मसान्त सम्मको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७८ / ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण स्वीकृत गर्ने ।

३. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २ प्रतिशत नगद लाभांश (रु.१,१३,५३,२७२) बोनस शेयरको कर प्रयोजनको लागि स्वीकृत गर्ने।

४. आ.व. २०७९/८० को लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव:


१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ३८ प्रतिशत बोनस शेयर ( दशमलबलाई राउन्ड गर्दा हुन आउने २१,५७,१२२ कित्ता ) स्वीकृत गर्ने तथा सोही बमोजिम चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्रको संशोधन स्वीकृत गर्ने ।

२. प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल वा सुझाव आएमा आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको कुनै पदाधिकारीलाई अधिकार प्रत्यायोजन गर्ने अख्तियारी दिने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved