महालक्ष्मी विकास बैंकको साधारणसभा आह्वान, रणनीतिक साझेदार ल्याउने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2022 | 09:20:33 AM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी विकास बैंकले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले  पुस २९ गते लैनचौर ब्यक्वेटमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छ 

कम्पनीले  आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई   ४ प्रतिशत बोनस शेयर र ६.४७ प्रतिशत नगद लाभांश गरि कुल १०.४७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ  

कम्पनीले  साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् 

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्तावहरु :-

(१) अध्यक्षज्यूको मन्तव्य सहित एक्काईसौं वार्षिक साधारण सभा (आ.व. २०७८ / ०७९) को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारीत गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व. २०७८ / ०७९ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बांडफांड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसंग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु पारीत गर्ने ।

(३) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७८ / ०७९ सम्मको संचित मुनाफा रकमबाट हाल कायम रहेको चुक्ता पूँजीको ६.४७ प्रतिशतले हुन आउने नगद लाभांश रु. २५,९५,०४,१४७/- (अक्षरेपी पच्चिस करोड पन्चान्नब्बे लाख चार हजार एकसय सत्तचालिस मात्र) (लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

((४) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९ / ०८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निधारण गर्ने । J.B. Rajbhandary & Dibins, Chartered Accountants पुनः नियुक्त हुन सक्नुहुनेछ ।

(५) सञ्चालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुविधा वृद्धि गर्ने ।

विशेष प्रस्ताव 

(१) संचालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०७८ / ०७९ सम्मको संचित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने रकम रु. १६,०४,३५,३३१/- (अक्षरेपी सोह करोड चार लाख पैंतिस हजार तीन सय एकतिस मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्ने ।

(२) बोनस शेयर जारी भए पश्चात जारी तथा चुक्ता पूँजी वृद्धि गर्न पारीत भए अनुसार प्रबन्धपत्रको दफा ५ (ख), (ग), दफा ७ (क) तथा दफा १२ संशोधन तथा परिमार्जन गर्ने, सञ्चालक समितिको बैठक भत्ता, दैनिक तथा भ्रमण भत्ता लगायतका अन्य सुविधा वृद्धि गर्ने प्रस्ताव पारीत भए पश्चात नियमावलीको नियम २९ (ख) को (१) (२) नियम २९ (घ) को (अ) (आ) र नियम ४३ समेतका दफा, नियमहरुमा संशोधन तथा परिमार्जन गर्ने ।

(३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र अन्य प्रचलित कानून बमोजिम नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिई विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा भित्र्याउने तथा विदेशी बैंक वा अन्य उपयुक्त संस्थालाई बैंकको शेयर विक्री वा हस्तान्तरण गर्न सकिने भनी प्रवन्धपत्रको दफा (क) लाई संशोधन गर्ने र उक्त संशोधन भएपछि रणनीतिक साझेदार ल्याउनका लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको कार्यान्वयन गर्न गराउन बैंकको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव उपर छलफल गरी पारित गर्ने ।

(४) विकास बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भएको संशोधनको स्वीकृति लिंदा वा अभिलेख गर्दा गराउंदा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, परिवर्तन वा थप घट गर्न सो सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन तथा प्रचलित बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन तथा नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भाषागत तथा अन्य सुधार गरी अभिलेख गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved