मकर जितुमाया र सानिमा मिडिल तमोर हाइड्रोले पाए आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2022 | 10:48:54 AM मा प्रकाशित

laxmi  sunrise bank

थप २ हाइड्रोपावर कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेड र सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडलाई आईपिओ निष्काशनको अनुमति प्रदान गरेको हो ।

मकर जितुमाया सुरी हाइड्रोपावरले २२ करोड ८० लाख बराबरको २२ लाख ८०  हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।  कम्पनीले आईपिओ निष्काशनको लागि  प्रभु क्यापिटललाई  बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  यस कम्पनीले दोलखामा २ वटा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । दुई आयोजनाको कुल क्षमता १३.४ मेगावट रहेको छ  कम्पनीले निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

त्यस्तै सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले  ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २ सय ५० कित्ता शेयर निष्काशनको लागि अनुमति पाएको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । आईपिओबाट संकलन भएको रकम सोहि आयोजनामा स्वपुँजी लगानी अन्तर्गत खर्च गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।   

दुवै कम्पनीले पुस ७ गते बोर्डबाट अनुमति पाएका हुन् 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved