सुपर माई हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2022 | 08:28:43 AM मा प्रकाशित

सुपर माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको शेयरमा आवेदन दिने आज पुस १३ गते अन्तिम दिन रहेको छ । कम्पनीले मङ्सिर २१ गतेदेखि इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरेको थियो 

कम्पनीले इलामको आयोजना अति प्रभावित क्षेत्रका स्थानीयलाई २ लाख कित्ता र अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाका अन्य स्थानीयलाई ३ लाख कित्ता शेयर निष्काशन गरेको हो  ।   त्यस्तै ५० हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरेको थियो 

स्थानीयलाई निष्काशन गरिएको शेयरमा आवेदन दिने आज पुस १३ गते अन्तिम दिन भएपनि श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा पुस ६ गतेसम्म मात्र आवेदन दिन सकिने ब्यबस्था थियो। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved