स्थानीयले एशियन हाइड्रोको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2023 | 08:44:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आयोजना प्रभावित स्थानीयले एशियन हाइड्रोपावर लिमिटेडको आईपिओमा आवेदन दिने आज पुस १९ गते अन्तिम दिन रहेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीले आज बिक्रि बन्द गर्न लागेको हो । 

कम्पनीले मङ्सिर २७ गतेदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको हो।  कम्पनीले आयोजना अति प्रभावित क्षेत्र इलामको इलम नगरपालिका वडा नम्बर १०, माई जोगमाई गाउपालिका वडा नम्बर ३ र ४ , तथा सुर्योदय नगरपालिका वडा नम्बर ११ का स्थानीयलाई १ लाख ३६ हजार कित्ता शेयर निष्काशन गरेको हो । त्यस्तै उल्लेखित स्थान बाहेकका इलाम जिल्लाका अन्य स्थानियका लागि २ लाख ४ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  

कम्पनीले ८४ हजार कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरेकोमा सो को बिक्रि बन्द भईसकेको छ ।   शेयर निष्काशनको लागि एनएमबी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले इलाममा ६.२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved