नेप्सेले महुली लघुवित्तलाई सोध्यो स्पष्टीकरण, शेयर कारोबार रोक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2023 | 02:37:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले  महुली लघुवित्तको शेयर कारोबार रोक्का गरेको छ । कम्पनीले कारोबार समयमा संचालक समितिको बैठक राखेर लाभांश घोषणा गरेकोले नेप्सेले  कम्पनीलाई स्पष्टिकरण सोध्दै कारोबार रोक्का गरेको हो ।

कम्पनीले पुस २५ गते २:३० बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको थियो।  जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved