मोलुङ हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपिओमा विदेशमा कार्यरत नेपाली श्रमिकले आवेदन दिने आज माघ ३ गते अन्तिम दिन रहेको छ । ओखलढुंगा जिल्लाका आयोजना प्रभावित स्थानीयलाई भने आवेदन दिने म्याद थप गरि माघ १० गतेसम्म आवेदन दिन सकिने ब्यबस्था कम्पनीले गरेको छ ।
कम्पनीले पुस १९ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन बिक्रि खुला गरेको छ। कम्पनीले ओखलढुंगा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई पुस १९ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो ।
कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ८ लाख २ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा मोलुङ गाउँपालिकाका स्थानीय, सुनकोशी गाउँपालिकाका स्थानीय र सिद्धिचरण नगरपालिकाका स्थानीयले आवेदन दिन सक्ने छन् । त्यस्तै २ लाख ७२ हजार ८ सय ५० कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको छ । त्यस्तै सामुहिक लगानी कोषलाई १ लाख ३६ हजार ४ सय ३५ कित्ता, र कम्पनीका कर्मचारीलाई ५४ हजार ५ सय ७० कित्ता शेयर निष्काशन हुने छ ।
स्थानीयलाई निष्काशन गरिएको शेयरमा माघ १ओ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा आज माघ ३ गतेसम्म मात्र आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम८ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ ।कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ ।