सिडीएस एण्ड क्लियारिंग लिमिटेडले मेरोशेयर मार्फत आईपिओमा आवेदन दिंदा मर्जमा गईसकेका बैंकको नाम देखाए पनि समस्या नहुने प्रष्ट पारेको छ । आईपिओ भर्दा पुरानो अर्थात् हाल कायम नरहेको बैंकको नाम देखाए पनि त्यसले केहि समस्या नहुने सिडीएसले जनाएको हो।
सिडीएसका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सिडीएसको सिस्टममा मर्जमा गएका अधिकांश बैंकको पुरानो नाम हटाई नयाँ कायम गर्ने प्रक्रिया सम्पन्न भईसकेको छ । तर यदि कुनै ग्राहकको मेरोशेयरमा पुरानो बैंकको नाम देखाएपनि आईपिओ भर्न सकिने उनले बताए । उनका अनुसार साविक कै बैंक खाता र साविक कै सीआरएन बाट आईपिओमा आवेदन दिन सकिने छ ।
आज बाट सर्बसाधारणलाई कालिन्चोक दर्शनको आईपिओ खुलेको छ । यस अघि सर्बसाधारणलाई बाराही हाइड्रोको आईपिओ निष्काशन भएको थियो । बाराही हाइड्रोको आईपिओ निष्काशन भएपछि ८ वटा बैंकले मर्जर पश्चात एकिकृत कारोबार गरेका छन् । कुमारी बैंक र एनसीसी बैंक, प्रभु र सेन्चुरी बैंक, मेगा र इन्भेष्टमेन्ट बैंक, तथा ग्लोबल र बिओकेले एकिकृत कारोबार सुरु गरेका हुन् । यी बैंकले क्रमश कुमारी बैंक, प्रभु बैंक, इन्भेष्टमेन्ट मेगा बैंक र ग्लोबल आईएमई बैंकको नाममबाट एकिकृत कारोबार गरेका हुन् । तर आईपिओ भर्दा मेरोशेयरमा मर्जरपछि कायम भएको बैंकको नाम नदेखाए पनि आवेदन दिन समस्या नहुने सिडीएसले प्रष्ट पारेको हो ।