सगरमाथा जलविद्युत कम्पनीको आईपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2023 | 08:34:15 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा जलविद्युत कम्पनीले आज माघ ५ गतेदेखि पहिलो चरणको आईपिओ बिक्रि खुला गरेको छ। कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आज माघ ५ गतेदेखि आईपिओ निष्काशन गरेको हो 

कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ११  लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा इलाम जिल्ला वासिन्दाले  आवेदन दिन सक्ने छन् ।  त्यस्तै ४ लाख ३६ हजार ८ सय कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको छ ।  

स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा माघ १९ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन ५ गतेसम्म आवेदन दिन सकिने छ श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा माघ १९ गतेसम्म मात्र आवेदन दिन सकिने छ। स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०  हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। शेयर निष्काशनको लागि प्रभु  क्यापिटल बिक्रि प्रबन्धक रहेको छ 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ 

 कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved