आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने मिति तय गरेको छ । कम्पनीले नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ १६ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । यस निष्काशनमा फागुन १ गतेसम्म आवेदन दिन सकिने छ ।
त्यस्तै आम सर्बसाधारणलाई कम्पनीले फागुन ११ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको हो । यस निष्काशनमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ । दुवै निष्काशनमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १०० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले वैदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई २० हजार ३ सय ३८ कित्ता शेयर निष्काशन गर्न लागेको हो । त्यस्तै ३ हजार १ सय १७ कित्ता कम्पनीको कर्मचारीको लागि छुट्याईएको छ । १० हजार १ सय ७० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याईएको छ । बाँकि रहेको १ लाख ६९ हजार ५५ कित्ता शेयरको लागि आम सर्बसाधारणले आवेदन दिन सक्ने छन् । यसरी कम्पनीले कुल २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३ सय ८० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।.
नेपाल धितोपत्र बोर्डले पुस १७ गते कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो ।. कम्पनीले आईपिओ निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।. कम्पनीको केन्द्रिय कार्यालय दाङको घोराहीमा रहेको छ ।