कृति भेन्चर फण्डले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2023 | 08:56:10 AM मा प्रकाशित

laxmi  sunrise bank

कृति भेन्चर फण्ड लिमिटेडले प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने भएको छ । प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने प्रस्ताव सहित कम्पनीले ,माघ २२ गते विशेष साधारणसभा आह्वान गरेको छ ।

यस कम्पनीले ६.८२ मेगावाटको अपर स्याङगे हाइड्रोपावर लिमिटेड, ६.८२ मेगावाटको हिडीखोला हाइड्रोपवर लिमिटेड, ५.२ मेगावाटको दोभान खोला हाइड्रोपावर लिमिटेड र क्लिन सिटी भेईकल सर्भिस कम्पनीमा शेयर लगानी गरेको छ ।

कृति भेन्चर फण्ड लिमिटेडको मुख्य लगानीकर्ता टिम भेन्चर प्रालि हो । टिम भेन्चर प्रालिले फुडमान्डु, व्ह्याइट लोट्स मोटर्स, नेपाल वेयर हाउसिङ कम्पनी, माछापुच्छ्रे क्यापिटल, पशुपति रिन्युएबल्स, रिम ट्रेडिङ, कृति भेन्चर फण्ड, वाइजयाक सोलुसन, टिम एडभाईजर्स लगायतका कम्पनीमा शेयर लगानी गरेको छ । टिम भेन्चरले रियल स्टेटमा पनि लगानी गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved