इन्फिनिटी लघुवित्तको साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2023 | 09:47:52 AM मा प्रकाशित

laxmi  sunrise bank

इन्फिनिटी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले फागुन १३ गते नवलपरासीको गैडाकोट स्थित सहमति संस्थाको कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कम्पनीले कर प्रयोजनको लागि नगद लाभांश रकम छुट्याएको छैन ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन २ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन १ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: 

साधारण प्रस्ताव 

१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७८ / ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू (अनुसूचीहरू समेत) छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८ / ७९ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षण समितिबाट सिफारिश भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

विशेष प्रस्ताव 

(१) सञ्चालक समितिको सिफारिश बमोजिम हाल कायम चुक्ता पुंजी रु. ४१,४५, १३,२८४.७३ को २० प्रतिशतले हुन आउने रु. ८,२९,०२,६५६.९५ (अक्षरेपी आठ करोड उन्नतीस लाख दुई हजार छ सय छपन्न रुपियां र पन्चानब्बे पैसा मात्र) बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने र वित्तीय संस्थाको प्रस्तावित वोनश शेयर पश्चात जारी पुंजी र चुक्ता पुंजी बृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धमा ।

२) सञ्चालकहरुको बैठक भत्ता बारे नियमावली संशोधन सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

३) वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (ख), (ग) र नियमावलीको नियम ३२ को उपनियम (१) को (ख) मा संशोधन तथा थप गरी अद्यावधिक गर्ने सम्बन्धमा ।

४) वित्तीय संस्थाले एक वा एकभन्दा वढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने / गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने सो को आधारमा सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा मर्जर र एक्विजिसन सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

५) वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्तावित संशोधनहरूमा नियमनकारी निकायहरूले संशोधन, थपघट, समायोजन वा फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved