सुपर मादी हाइड्रोको आइपिओ बाँडफाँड, ५५ सयको आवेदन रद्द, १ लाख ७४ लाखले पाए शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2023 | 09:51:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सुपर मादी हाइड्रोले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज सोमबार बिहान आइपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओ कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जस मध्ये ५ हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६ सय ९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा गोलाप्रथाबाट कुल १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  नतिजा प्रकाशन भएपछि विभिन्न ३  तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

सुपर मादी हाइड्रोपावर लिमिटेडले  माघ ९ गतेदेखि  माघ १२ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले सर्बसाधारणलाई १७ लाख ४३ हजार कित्ता शेयर निष्काशन गरेको हो ।  कम्पनीले यस अघि पहिलो चरण अन्तर्गत मङ्सिर २० गतेदेखि आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरेको थियो। 

कम्पनीले कास्कीमा ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved