मायाखोला हाइड्रोको आइपिओ बाँडफाँड: डेढ लाख जनाको आवेदन रद्द, १ लाख ९९ हजारले पाए शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 10:06:49 AM मा प्रकाशित

laxmi  sunrise bank

मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बिहिबार बिहान  शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल १४ लाख ३५ हजार ३ सय १३ जना आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताको लागि आवेदन परेको थियो । कुल आवेदन मध्ये १ लाख ५६ हजा  ६ सय २५ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ लाख ७८ हजार ६ सय ८८ जना मात्र शेयर पाउँन योग्य रहेको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार योग्य रहेका आवेदकहरु मध्ये गोलाप्रथाबाट १ लाख ९९ हजार २ सय जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, र  सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

मायाखोला हाइड्रोले माघ १३ गतेदेखि  माघ १७ गतेसम्म सर्वसाधारणलाई आइपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्वसाधारणलाई निष्काशन गरेको थियो । 

माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको प्रति मेगावाट लागत २० करोड १३ लाख रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved