शुभम पावरको आईपिओ बाँडफाँड, २ जनाले पाए ११ कित्ता शेयर, ३५ सय जनाको आवेदन रद्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 10, 2023 | 09:25:27 AM मा प्रकाशित

laxmi  sunrise bank

शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आईपिओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ७५ हजार ४ सय २१ जनाबाट १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जसमा ४८ हजार १ सय ८८ जनाले शेयर पाएका छन् । ति मध्ये २ जनाले ११ कितात शेयर पाएका छन् भने बाँकि ४८ हजार १ सय ८६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।

शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर,  कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।

 कम्पनीले यस अघि नै स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरिसकेको छ  ।  कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ५ वर्ष अगाडी नै आईपिओ निष्काशन गरिसकेको छ।

कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved