शुभम पावर कम्पनी लिमिटेडले सर्वसाधारणका निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आईपिओ बाँडफाँड गरेको हो ।
आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट https://muktinathcapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटबाट नतिजा हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ७५ हजार ४ सय २१ जनाबाट १ करोड ३८ लाख ४७ हजार ५ सय ७० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ३ हजार ५ सय ८७ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ७१ हजार ८ सय ३४ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जसमा ४८ हजार १ सय ८८ जनाले शेयर पाएका छन् । ति मध्ये २ जनाले ११ कितात शेयर पाएका छन् भने बाँकि ४८ हजार १ सय ८६ जनाले १० कित्ताको दरले शेयर पाएका छन् ।
शुभम पावरले माघ १८ देखि माघ २२ गतेसम्म सर्बसाधारणलाई आइपिओ बिक्री खुला गरेको थियो। कम्पनीले २९ हजार ३० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँड गरेर, कर्मचारीलाई ११ हजार ६ सय १० कित्ता छुट्याई बाँकि रहेको ४ लाख ८१ हजार ८ सय ८२ कित्ता शेयर सर्बसाधारणलाई निष्काशन गरेको थियो ।
कम्पनीले यस अघि नै स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ५ वर्ष अगाडी नै आईपिओ निष्काशन गरिसकेको छ।
कम्पनीले संखुवासभामा ९९० किलोवाटको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०६८ साउन १ गतेबाट विद्युत उत्पादन गरिरहेको छ ।