मेन्छियाम हाइड्रोले फागुन १० गतेदेखि आईपिओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 08:49:09 AM मा प्रकाशित

laxmi  sunrise bank

मेन्छियाम हाइड्रोपावर लिमिटेडले फागुन १० गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले संखुवासभा जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई फागुन १० गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो 

कम्पनीले संखुवासभाका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ४२ हजार ५ सय ८३ कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र  साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीयलाई २ लाख ७१ हजार २ सय ९२ कित्ता शेयर र ति स्थान बाहेक संखुवासभा जिल्लाका अन्य स्थानीयलाई २ लाख ७१ हजार २ सय ९१ कित्ता शेयर निष्काशन हुनेछ ।

त्यस्तै १ लाख ८ हजार ५ सय १७ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन हुने छ ।

 स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा फागुन २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र ९ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा फागुन २५ गतेसम्म मात्र आवेदन दिन सकिने छ। दुवै समुहले  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ यस कम्पनीले सङ्खुवासभाको पिलुवाखोलामा चार दशमलव ७२ मेगावाटको अपर पिलुवाखोला २ जलविद्युत आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन थालिसकेको छ । कम्पनीले पिलुवाखोलामा नै ७.७ मेगावाटको अपर पिलुआ १ आयोजना निर्माण गर्नको लागि उत्पादन अनुमति पत्र पेश गरेको छ ।  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved