सगरमाथा जलविद्युत कम्पनीको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2023 | 09:07:03 AM मा प्रकाशित

laxmi  sunrise bank

सगरमाथा जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज फागुन ५ गते अन्तिम दिन रहेको छ। कम्पनीले माघ ५ गतेदेखि  इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई  आईपिओ निष्काशन गरेको हो 

स्थानीयलाई निष्काशन गरेको आईपिओमा आज फागुन ५ गते अन्तिम दिन रहेको हो ।  कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि ११  लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो । यस निष्काशनमा इलाम जिल्ला वासिन्दाले  आवेदन दिन सक्ने छन् ।  स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १०  हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । शेयर निष्काशनको लागि प्रभु  क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

त्यस्तै कम्पनीले ४ लाख ३६ हजार ८ सय कित्ता शेयर श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरेको थियो।  नेपाली श्रमिकले आवेदन दिने म्याद भने माघ १९ गते नै सकिएको छ । स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ 

 कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविद्युत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ । आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविद्युत उत्पादन शुरु गरिसकेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved