विजुली उत्पादन गरिसकेका दोल्ती पावर र भूगोल इनर्जीको आइपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2023 | 08:26:51 AM मा प्रकाशित

laxmi  sunrise bank

दोल्ती पावर कम्पनी लिमिटेड र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आज फागुन ८ गते सोमबारदेखि पहिलो चरणको आइपिओ बिक्री खुला गरेका छन्।  यी दुई कम्पनीले आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ खुलाएका हुन् 

भूगोल इनर्जी डेभलप्मेन्ट कम्पनी

भूगोल इनर्जी डेभलप्मेन्ट कम्पनी लिमिटेडले आज फागुन ८ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गरेको हो। कम्पनीले दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई  आईपिओ निष्काशन गरेको हो 

कम्पनीले दैलेखका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ४४ हजार ५३ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र  नौमुले द्वारी ३ का स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता शेयर र नौमुले द्वारी ३ बाहेकका दैलेख जिल्ला अन्य स्थानीयलाई २ लाख ७२ हजार २७ कित्ता शेयर निष्काशन गरिएको छ।

त्यस्तै १ लाख ८ हजार ८ सय ११ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको छ ।

 स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा फागुन २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र ७ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा फागुन २५ गतेसम्म मात्र आवेदन दिन सकिने छ। दुवै समुहले  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ  भूगोल इनर्जीले  दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।  


दोल्ती पावर कम्पनी लिमिटेड

दोल्ती पावर कम्पनी लिमिटेडले आज फागुन ८ गतेदेखि पहिलो चरणको आईपिओ निष्काशन गरेको छ। कम्पनीले दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई आईपिओ निष्काशन गरेको हो 

कम्पनीले दैलेखका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र साविकका नौमुले र कालिका गाविसका स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर र यस बाहेकका दैलेख जिल्ला अन्य स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर निष्काशन गरिएको छ।

त्यस्तै १ लाख ७ हजार २ सय ९८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको छ ।

 स्थानीयलाई निष्काशन गरिएको शेयरमा छिटोमा फागुन २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र ७ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको शेयरमा फागुन २५ गतेसम्म मात्र आवेदन दिन सकिने छ। दुवै समुहले  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

 स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएपछि कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि विजुली उत्पादन गरिरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved